मुल्बृद्धि फिर्ता नलिए निगमका नेतृत्व र मन्त्रीले राजिनामा दिनुपर्छ – नेता तामाङ
६ असार काठमाडौ । नेपाल सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल लिटरमा २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढाएको हो।
नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १९९ रूपैयाँ, डिजेल र मट्टीतेल १९२ रूपैयाँ लिटर पर्नेछ। यो सॅंगै चौतर्फि विरोध समेत भएको छ ।
यसै सन्दर्भमा माओवादी केन्द्रका केन्द्रिय सदस्य रंजित तामांगले आफ्नो फेसबुकमा यस्तो लेखेका छन – पेट्रोलियम पदार्थको मुल्यबृद्धि तुरुन्त फिर्ता हुनुपर्छ ।
यो जनतामारा मु्ल्यबृद्धि अस्वीकार्य छ ।
यदि मुल्बृद्धि फिर्ता नलिए,
नेपाल आयल निगमका नेतृत्व र आफुर्ती मन्त्रीले राजिनामा दिनुपर्छ ।
#मुल्यबृद्धिको प्रतिबाद गरौ ।