देशलाई सफल बनाउने अभियानमा लागेको छु – नेता पौडेल
Capital Headline
प्रकाशित मिति :
सोमबार, असार ६ २०७९
4K
SHARES
६ असार दमौली। नेपाली कांग्रेसका वरिष्ठ नेता एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले देशलाई सफल बनाउने अभियानमा आफू लागिपरेको बताएका छन्। जिल्लाका सञ्चारकर्मीसँग आज निवासमै कुराकानी गर्दै पौडेलले देशलाई सफल र समृद्ध बनाउने एकमात्र लक्ष्य रहेको उल्लेख गरे।
देशलाई असफल बनाउने षड्यन्त्र भइरहेको बताउँदै पौडेलले भने, ‘देशलाई असफल बनाएर अस्थिरतातर्फ लैजाने प्रयासलाई परास्त गर्नेतर्फ हामी सबै लाग्नुपर्छ, म त्यही अभियानमा निरन्तर लागिरहेको छु।’ -रासस
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट