यस ठाउॅबाट चुनाव लड्ने रविले इच्छा व्यक्त गरे


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार ७ २०७९
2.4K
SHARES

७ असार काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेले आफूलाई झापा, डडेलधुरा र चितवनबाट चुनाव लड्न मन भए पनि अहिलेको अवस्था त्यो नभएको बताएका छन् ।

उनले त्यो क्षेत्रबाट चुनाव लड्न नडराएको भन्दै तर सरकारमा रहेका व्यक्तिहरुले कस्तो चुनाव गराउँछन् भन्ने आफूहरुलाई जानकारी रहेको बताए । “म डराएको होइन । सरकारमा को छन् र उनीहरुले कस्तो चुनाव गराउँछन् भन्ने थाहा छ । तर हामीलाई हार्ने सुविधा छैन,” लामिछानेले भने ।

उनले आफूले अर्को कुनै पार्टीको एक सिट घटाइदिने भन्दै त्यसैगरी आउन युवालाई पनि आग्रह गरे ।