अचाक्ली महँगीले जनताको ढाड भाँचिँदै छ – डा. बाबुराम


Capital Headline
प्रकाशित मिति : बुधबार, असार ८ २०७९
3.6K
SHARES

८ असार काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले इन्धनमा गरिएको मूल्यवृद्धिले सबैतिर महँगी बढ्ने बताएका छन् । अचाक्ली महँगीले जनता मर्कामा पर्ने उनले उल्लेख गरेका छन् ।

बुधबार बिहान ट्विट गर्दै उनले मूल्यवृद्धि नियन्त्रणमा ध्यान नदिइनु विडम्बनापूर्ण भएको पनि बताएका छन् । राजनीतिक दल र नेता सत्ता र गठबन्धनको अंकगणितमा लिप्त रहेको उनको भनाइ छ । सत्तासाझेदार दलका प्रभावशाली नेता डा. भट्टराईले मूल्यवृद्धि नियन्त्रणमा सरकारी पहल आवश्यक रहेको औँल्याएका छन् ।