चर्चित हुनु राजनीतिका लागि योग्य हुनु होइन – महासचिव पोखरेल
Capital Headline
प्रकाशित मिति :
बुधबार, असार ८ २०७९
3.3K
SHARES
८ असार काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वसञ्चारकर्मी रवि लामिछानेको पार्टी घोषणाप्रति कटाक्ष गरेका छन् ।
उनले बुधबार समाजिक सञ्जालमार्फत निश्चित पेसा वा व्यवसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु नभएको भन्दै व्यंग्य गरेका हुन् ।
“निश्चित पेसा वा व्यवसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन । राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनुपर्दछ,” उनले फेसबुकमा लेखेका छन् । रविले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट