केही घण्टामै मन्त्री हेरफेरको निर्णय कार्यान्वयन हुन्छ – नेकपा एस


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार ९ २०७९
2.1K
SHARES

९ असार काठमाडौं। नेकपा एकीकृत समाजवादीले चाँडै नै मन्त्रीहरू हेरफेर हुन लागेको जनाएको छ। बिहीबार काठमाडौँको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालयको बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले चाँडै नै मन्त्रीहरू हेरफेर गर्ने तयारी रहेको बताए।

उनले केही घण्टामै मन्त्रीहरू परिवर्तन हुने जानकारी दिए। खतिवडाले भने, ‘अब चाँडै नै हेरफेर हुन्छ। अब दिनहरूमा होइन, केही घण्टामै मन्त्रीहरू हेरफेर गर्ने दिशातिर लागिरहेका छौं।’

उनले पार्टीको निर्णय अन्तिम रहेको बताउँदै बिदा गरिसकिएका मन्त्रीहरू बिदा हुने बताए। भद्र सहमति नै ६ महिना भएकाले अहिले वर्तमान मन्त्रीहरू बिदा गरेको उनको भनाइ छ। उनले थपे, ‘कोही चिरस्थायी कालसम्मका लागि मन्त्री हुन सक्दैन। पहिल्यै गरेको जेन्टलमेन एग्रिमेन्टअनुसार हामीले मन्त्री बिदा गरेका छौं, उहाँहरू बिदा हुनुहुन्छ।’

मन्त्रीहरूले अध्यक्ष नेपाललाई भेटेर राखेको सर्तको समेत अर्थ नभएको उनले बताए। व्यक्तिगत कुरा गर्न र सर्त राख्न पाइने बताउँदै निर्णय कार्यान्वयन पार्टीको हुने बताए। मन्त्रीहरू कसैले विद्रोह गर्ने कुराको गुञ्जायस नपाएको बताउँदै त्यस्तो बाटोमा लाग्ने व्यक्तिबारे आफूहरूले संकेत नपाएको उल्लेख गरे।