मन्त्री झाँक्रीलाई अध्यक्ष पराजुलीको कटाक्ष
१० असार काठमाडौं । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले शहरी विकासमन्त्री रामकुमारी झाँक्रीप्रति व्यङ्ग्य गरेका छन् । उनले फेसबुकमार्फत मन्त्री छाड्न नचाहेको भन्दै कटाक्ष गरेका हुन् ।
“…अनि हिजो मुखमा लगाएको टेप खोली खोली स्टन्ड मारी मारी गरेको भाषण त केवल खोक्रो आदर्शबाहेक के हुन सक्छ त कमरेड ? मन्त्रीबाहेक पनि जीवन जगत् छ भन्ने बुझ्ने हो कि ? एक थान मन्त्री त तपाईंले हिजो बोकेको मूल्य मान्यता रहे बाँचेमा कति हो कति धेरै पटकमन्त्री ,त्योभन्दा माथि प्रधानमन्त्री बन्ने अवसर नै आउँछ,” उनले लेखेका छन् । एकीकृत समाजवादीले सरकारमा रहेका पार्टीका मन्त्री फेर्ने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन ।