रामकुमारी झाँक्री रुँदै बिदा भइन्


Capital Headline
प्रकाशित मिति : आइतबार, असार १२ २०७९
3.9K
SHARES

१२ असार काठमाडौं । सहरी विकास मन्त्रालयले आयोजना गरेको बिदाइ कार्यक्रममा मन्त्री रामकुमारी झाँक्री भावुक बनेकी छन् ।

मन्त्रालयमा आइतबार बेलुकी आयोजित पत्रकार सम्मेलनको सुरुमै उनी रोएकी हुन् । उनले आफूले वाचन गर्ने पत्र हेर्दै टिस्यू पेपरले आँसु पुछेकी थिइन् ।

मन्त्रालयका कर्मचारीहरूले बिदा गर्ने क्रममा उनले आँसु पुछिरहिन् । कार्यक्रम जारी रहँदा उनले आफूलाई सम्हालिन र हाँसो पनि देखाइन् ।