नवनियुक्त मन्त्रीको शपथ ११ बजे
१३ असार काठमाडौं । नवनियुक्त मन्त्रीहरुको शपथ अहिले बिहान हुने भएको छ । अहिले केहीबेरपछि उनीहरुको शपथ हुन लागेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।
सचिवालय स्रोतले दिएको जानकारीअनुसार अहिले ११ बजे राष्ट्रपति निवास शीतलनिवासमा शपथ ग्रहणको कार्यक्रम तय भएको छ ।नेकपा (एकीकृत समाजवादी)ले सरकारमा रहेका चारजना मन्त्री हटाएर नयाँ पठाएको छ ।
नयाँमा संस्कृति मन्त्री जीवनराम श्रेष्ठ, सहरी विकास मेटमणि चौधरी, स्वास्थ्यमन्त्रीमा भवानी खापुङ र श्रम मन्त्रीमा शेरबहादुर कुँवरलाई पठाइएको छ । त्यसैगरी समाजवादी पार्टीले हीराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा सिफारिस गरेको छ ।