चार मन्त्रीले लिए शपथ


Capital Headline
प्रकाशित मिति : सोमबार, असार १३ २०७९
4.7K
SHARES

१३ असार काठमाडौं । नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ गहण गरेका छन् । आज बिहान ११ बजे राष्ट्रपति भवन शीतलनिवासमा  नवनियुक्त चार मन्त्रीले शपथ ग्रहण गरेका हुन् ।

नेकपा (एकीकृत समाजवादी)ले सरकारमा रहेका चारजना मन्त्री हटाएर नयाँ पठाएको छ । संस्कृतिमन्त्री जीवनराम श्रेष्ठ, सहरी विकासमन्त्री मेटमणि चौधरी, स्वास्थ्यमन्त्रीमा भवानी खापुङ र श्रम मन्त्रीमा शेरबहादुर कुँवरलाई पठाइएको छ ।

समाजवादी पार्टीले हीराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा सिफारिस गरेको छ ।