मन्त्रीबाट फिर्ता भएपछि किशान श्रेष्ठले दिए यस्तो प्रतिक्रिया
१३ असार काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयबाट बिदा हुनु अघि एकीकृत समाजवादीका नेता एवं मन्त्री किशान श्रेष्ठले आफूले आठ महिनाको अवधिमा राम्रो कामको शुरुवात गरेको बताएका छन् ।
कर्मचारीहरुले राखेको बिदाई कार्यक्रममा बोल्दै श्रेष्ठले आफूले वैदेशिक रोजगारीमा फसेका युवाहरुको उद्धार, करोडाँै रुपैया उठाईदिने देखि दलालहरुलाई आफै फोन गरेर काम गरेको, कतिपय ठगहरुलाई रेड कर्नर नोटिस जारी गराएर समेत नेपाल ल्याउन सफल भएको जस्ता कामलाई राम्रो कामको संज्ञा दिएका छन् ।
उनले सचिव र सबै कर्मचारीले राम्रो सहयोग गरेको भन्दै अब आउने मन्त्री पनि पार्टीकै भएकाले सहयोग गर्न आग्रह गरे । उनी पार्टीको सिफारीसमा मन्त्री भएको र पार्टीकै निर्णय अनुसार फिर्ता भएको भन्दै पार्टी छाड्न लागेको भनेर चलाईएको हल्लामा सत्यता नभएको बताए । उनले अहिले पनि आफू मन्त्रीले चढ्ने भन्दा ठूलो गाडी चढेर आएको भन्दै आफूमा त्यस्तो कुनै लोभ नभएको बताए ।