प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार १४ २०७९
3.8K
SHARES

१४ असार काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्। दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ।  प्रधानमन्त्री देउवाले मंगलबार बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन्।

बैठकमा सरकारको नियमित एजेन्डाबारे छलफल हुने बताइएको छ। एकीकृत समाजवादीको तर्फबाट सरकारमा सहभागी भएका नयाँ चार मन्त्रीको यो पहिलो मन्त्रिपरिषद् बैठक हो।

यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने भएको छ। सोमबार राति बसेको जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समिति बैठकले सरकारमा रहेका चारवटै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो। मन्त्रिपरिषद्को नियमित बैठक भने सोमबार र बिहीबार बस्ने गरेको छ।