नयाँ दल घोषणा गर्दै वामदेव, यस्तो हुनेछ पार्टीको नाम
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असार १४ २०७९
5.5K
SHARES
१४ असार काठमाडौं । नेकपा (एकता राष्ट्रिय अभियान)का संयोजक वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । आज दिउँसो २ः४५ बजे काठमाडौंको रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी पार्टी घोषणा गर्न लागेका हुन् ।
घोषणा हुन लागेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) हुने बताइएको छ । नेकपा विभाजन हुनअघि नै एकता अभियान चलाएका गौतमले त्यसलाई पार्टीको रूप दिन लागेका हुन् । उनी नेकपा (एमाले)का पूर्वउपाध्यक्ष समेत हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट