यी हुन् वामदेव गौतमको नयाँ पार्टीका ७१ केन्द्रीय सदस्य (नामावलीसहित)
१४ असार काठमाडौं । नेकपा एकताका निम्ति अभियान सञ्चालन गर्दै आएका नेता वामदेव गौतमले छुट्टै दल घोषणा गर्ने भएका छन्। दल घोषणाका निम्ति मंगलबार पत्रकार सम्मेलन गर्ने गौतमको कार्यसूचि रहेको छ। नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका गौतमले रिपोर्टर्स् क्लबमा पत्रकार सम्मेलनको आयोजना गरेका छन्। त्यही सम्मेलनमार्फत उनले नयाँ दल घोषणा गर्नेछन्।
उनले मंगलबार हाल सञ्चालन गर्दै आएको अभियानलाई नै नयाँ पार्टीको रुपमा घोषणा गर्न लागेका हुन्। नयाँ पार्टीमा ७० जना केन्द्रीय कमिटी सदस्य रहने हालसम्म फाइनल भएको बताइएको छ। केन्द्रीय कमिटीमा ७० जना रहने फाइनल भएको छ’, उनले भने, ‘यसको तयारीका लागि आन्तरिकरुपमा असार ११ गते सिद्धार्थ राष्ट्रिय भेला आयोजना गरिएको थियो। १२ मा चन्द्रागिरिमा सेन्ट्रल कमिटीको मिटिङ पनि बस्यो।’
आफूहरुको पार्टी सबै कम्युनिस्ट पार्टीलाई एकीकृत गर्ने अभियान भएको गौतम स्रोतको भनाइ छ। पार्टीको संयोजक गौतम नै रहनेछन् भने सचिवमा डिबी कार्की रहेका छन् । यस्तै प्रचार विभागमा नीमकान्त पाण्डे रहेका छन्। उनले पार्टी दर्ताको प्रक्रियामा रहेको भन्दै त्यसका लागि डकुमेन्ट जुटाउने काम भइरहेको बताए । सो पार्टीलाई साना ४ कम्युनिस्ट पार्टीको समर्थन रहेको छ भने अर्को एक राजनीतिक अभियानको पनि समर्थन रहेको छ।
पाण्डेका अनुसार दर्ता भएका समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी पार्टीले वामदेवको नयाँ पार्टीलाई सघाएका छन् भने दर्ता प्रक्रिया आम नेपाली पार्टी रहेको छ। यस्तै स्वतन्त्र वामपन्थी समूहले पनि नयाँ पार्टीलाई समर्थन गर्ने सहमति बनेको पाण्डेको भनाइ छ।

