म अब कति नै बाँच्छु, बाँचुन्जेल देश र जनताको हितमा समर्पित हुन्छु – संयोजक गौतम


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार १४ २०७९
3.2K
SHARES

१४ असार काठमाडौं। पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले आफूसँग अब जीवनको धेरै लामो समय नभएको ज्ञात भएको बताएका छन्। आज मंगलबार पार्टी घोषणा कार्यक्रममा गौतमले भने, ‘म अब कति नै बाँच्छु। जन्मेपछि मृत्यु हुन्छ यो बुझेको छु।’

उनले आफूलाई मृत्युको बोध पनि भएकोले बाँकी जीवन पनि विगतमा जस्तै देश र जनताको हितमा समर्पित गराउने बताए। उनले कम्युनिस्ट एकतामा जोड दिए।