बजेटमाथिको छलफल अगाडि नबढे मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ – गण्डकी एमाले


Capital Headline
प्रकाशित मिति : बुधबार, असार १५ २०७९
1.9K
SHARES

१५ असार काठमाडौं । नेकपा (एमाले)ले गण्डकी प्रदेशको बजेट राकिएकोप्रति आपत्ति जनाएको छ । बुधबार पत्रकार सम्मेलन गरेर उपमहासचिव तथा एमाले संसदीय दल गण्डकीका नेता पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री र अर्थमन्त्रीको विवादका कारण बजेटमाथिको छलफल राक्न नमिल्ने बताए । उनले तत्काल बजेटमाथिको छलफल अगाडि नबढाए मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजीनामा दिनुपर्ने बताए ।

“मुख्यमन्त्री र अर्थमन्त्रीको विवादका कारण बजेट रोकिएको छ । बजेटमाथि छलफल हुनुपर्‍यो । नभए मुख्यमन्त्रीले राजीनामा दिनुपर्‍यो,” गुरुङले भने । उनले कांग्रेस र माओवादी केन्द्रको झगडाका कारण संसद्मा पेस भइसकेको बजेट रोक्न नमिल्ने बताए ।