एमाले सचिवालय बैठक बस्दै, ७ एजेन्डामा छलफल हुने
Capital Headline
प्रकाशित मिति :
आइतबार, असार १९ २०७९
3.2K
SHARES
१९ असार काठमाडौ । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने प्रचार उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकमा आगामी संघीय चुनावको तयारी तथा समसायिक विषयमा छलफल हुने एमालेले जनाएको छ ।
बैठकमा निर्वाचनसँगै प्रचार कामको व्यवस्थापन, वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल हुने रिजालले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट