नवनियुक्त मन्त्रीहरूले लिए शपथ


Capital Headline
प्रकाशित मिति : सोमबार, असार २० २०७९
6K
SHARES

२० असार काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार अपराह्न शितल निवासमा उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।

मन्त्रीहरू मृगेन्द्रकुमार सिंह यादव, मोहम्मद इस्तियाक राई र प्रदीप यादवले पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनीहरू जनता समाजवादी पार्टीबाट मन्त्री बनेका हुन् ।

मृगेन्द्रकुमार सिंह यादवलाई कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी दिइएको छ । मोहम्मद इस्तियाक राईलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ प्रदीप यादवले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।