पार्टी अलग–अलग बनाउने तयारीमा जुटे यादव र भट्टराई


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार २१ २०७९
3.5K
SHARES

२१ असार काठमाडौं । संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले छुट्टाछुट्टै पार्टी बनाउने तयारीमा अघि बढेका छन् ।

दुवै नेताले एकै मितिमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन् । जसपा अध्यक्ष यादवले असार २७ र २८ गते वीरगन्जमा कार्यकारिणी समिति बोलाएका थिए । तर त्यसलाई सारेर २९ र ३० गतेका लागि बोलाएका छन् भने भट्टराईले पनि सोही मितिमै काठमाडौंमा केन्द्रीय कार्यकारिणी समिति बोलाएका छन् ।

बाह्रखरीसँगको कुराकानीमा अध्यक्ष यादवले दुवै नेता सल्लाहमा छुट्टिन तयार रहेको बताएका थिए । भट्टराईले बोलाएको बैठकले छुट्टै पार्टी दर्ता गरेर जान सक्ने निर्णय गर्ने एक नेताले बताए । भट्टराई निकट रहेका ती नेताका अनुसार अब अर्को पार्टी बनाउनुको विकल्प छैन । आगामी चुनावमा भाग लिनेगरी अर्को पार्टी बनाउने गृहकार्य थालिएको उनको भनाइ छ ।