सभापति देउवा कांग्रेस पदाधिकारी बैठक नजाने
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असार २१ २०७९
6.2K
SHARES
२१ असार काठमाडौं । नेपाली कांग्रेस पदाधिकारीको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा भने उपस्थित नहुने जनाइएको छ ।
आजको बैठकको नेतृत्व पार्टीका उपसभापति पूर्णबहादुर खड्काले गर्नेछन् । समय व्यस्तताका कारण सभापति देउवा पदाधिकारी बैठकमा उपस्थित हुन नसक्ने जनाइएको छ । बैठकमा पार्टीको भातृसंगठनलगायत विषयमा छलफल हुनेछ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट