यस कारण माओवादीको केन्द्रिय समितिको बैठक स्थगित


Capital Headline
प्रकाशित मिति : बुधबार, असार २२ २०७९
2.5K
SHARES

२२ असार काठमाडौं। नेकपा (माओवादी) केन्द्रको केन्द्रीय कमिटी फेरि सरेको छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो ।

बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । नेताहरू संसद् बैठकमा जानुपर्ने भएकाले बैठक सारिएको उनले बताए ।

मंगलबारका लागि बोलाइएको बैठक स्थगित गरेर बुधबारका लागि बोलाइएको थियो । नेतृत्वको टिम संसद बैठकमा सहभागी बन्नुपर्ने भएकोले आज १ बजे निर्धारण गरिएको केन्द्रीय समितिको बैठक भोलि २०७९ असार २३ गते बिहीबार बिहान ११ बजे बस्ने भएको छ ।