संघीय चुनाव मंसिर २ वा ४ गते एकै चरणमा


Capital Headline
प्रकाशित मिति : बुधबार, असार २२ २०७९
4.1K
SHARES

२२ असार  काठमाडौं ।  निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर २ वा ४ गते गर्न सरकारलाई प्रस्ताव गरेको छ ।

बुधबार बालुबाटारमा प्रधानमन्त्रीसहितको छलफलमा आयोगका पदाधिकारीहरूले मंसिर २ वा ४ गते एकैचरणमा चुनाव गर्न सकिने सुझाव पेस गरेका हुन् ।

“हामीले मंसिर २ वा ४ गते का लागि प्रस्ताव गरेका छौँ । प्रधानमन्त्रीले सल्लाह गरेर निर्णय हुन्छ भन्नुभएको छ,” आयुक्त रामप्रसाद भण्डारीले  भने ।  अब सरकारले आयोगको प्रस्तावअनुसार निर्णय गर्ने छ ।