नयाँ दलको तयारीमा डा. भट्टराई


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार २३ २०७९
4.9K
SHARES

२३ असार काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी दशकमा देशलाई विश्व र छिमेकको विकासँग तालमेल गर्न बैकल्पिक राजनीतिमा लाग्न आह्वान गरेका छन् । काठमाडौंमा ‘दश वर्षपछिको नेपाल’ शिर्षकमा भएको थेम्स एसेम्ब्लिजमा डा. भट्टराईले यस्तो आह्वान गरेका हुन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग कुरा नमिलेपछि सहमतिमै अलग हुने निर्णयमा पुगेका डा. भट्टराईले अबको राजनीति कसरी अघि बढाउलान् भन्ने प्रश्न उठिरहेको छ । ठिक यही समय उनले युवालाई वैकल्पिक राजनीतिमा सक्रिय रहन आह्वान गर्नुले उनी अझै आफ्नै नेतृत्वमा राजनीतिक दल सञ्चालनको तयारीमा रहेको संकेत गरेको छ ।

“काठमाडौंमा आयोजित दश वर्ष पछिको नेपाल’ बारे युवा–विद्यार्थीसँग रोचक र उपयोगी छलफल,” डा. भट्टराईले ट्विटरमा लेखेका छन्, “आगामी दशकमा देशलाई विश्व र छिमेकको विकासको गतिसँग तालमेल मिलाउने गरी रूपान्तरणकारी परिवर्तन गर्न युवाहरूलाई वैकल्पिक राजनीतिमा सक्रिय रहन आग्रह !”