प्रचण्डको प्रस्ताव : पोलिटब्युरोमा १५६ सदस्यीय
Capital Headline
प्रकाशित मिति :
बिहिबार, असार २३ २०७९
5.2K
SHARES
२३ असार काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोलिटब्युरो सदस्यको संख्या १५६ पुर्याउने प्रस्ताव गरेका छन् ।
एक घण्टापछि सुरु भएको बैठकमा उनले ३१ जना वैकल्पिक पालिटब्युरो सदस्य थप्न सकिने प्रस्ताव गरेका हुन् । यसअघि आजै प्रचण्डले १२५ सदस्यीय पोलिटब्युरो बनाउने प्रस्ताव गरेका थिए । तर, सदस्यहरूको नाममा विवाद भएपछि बैठक एक घण्टा रोकिएको थियो ।
“समस्या बल्झाउने होइन सक्नेतिर लागौँ,” बैठकमा प्रचण्डले भने, “वैकल्पिक ३१ थपेर १५६ को बनाउन सकिन्छ ।”
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट