प्लिज पदाधिकारीको नाम पढ्न नलगाउनुहोस् – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार २३ २०७९
5.6K
SHARES

२३ असार काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकी रहेका पदाधिकारीहरूको नाम वाचन गर्न नसक्ने बताएका छन् । पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा उनले पोलिटब्युरो र स्थायी कमिटी सदस्यहरूको नाम वाचन गरेपनि पदाधिकारीको नाम वाचन गर्न समस्या हुने बताए ।

उनले आफूसँग पदाधिरीको सूची रहेको तर अहिले वाचन गर्न नसिकने बताए । अध्यक्ष प्रचण्डले पदाधिकारीहरूको नाम पढ्न थाले नेता मातृका यादवले विरोध गर्ने पनि बताए । उनले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठबाहेक अरूको सम्भावना नरहेको पनि स्पष्ट पारे ।

“प्लिज अहिले मलाई पदाधिकारीको नाम पढ्न नलाउनुहोस् । २–४ दिन दिनुस् पदाधिकारी टुंगिन्छ । सबै उज्यालो हुनेगरी टुंगिन्छ,” उनले भने, “नाम पढ्न थालेपछि मातृकाजीले विरोध गरिहाल्नुहुनछ । वरिष्ठ उपाध्यक्षमा नारायणकाजीबाहेक को हुन्छ र ?” प्रचण्डले पदाधिकारी चयनमा अन्तरघाती भनेर आएको भन्दै १५ दिनभित्र टंक राई कमिटीले छानबिन गरेपछि पदाधिकारीलाई टुंगोमा पुर्‍याउने जानकारी दिए ।