कुनै पनि पार्टीसँग पार्टी एकता हुँदैन – अध्यक्ष नेपाल


Capital Headline
प्रकाशित मिति : सोमबार, असार २७ २०७९
3.1K
SHARES

२७ असार धनगढी। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै बलमा जित्ने गरेर एकीकृत समाजवादी पार्टी देशभरका ७५३ वटै पालिका र पालिकाका वडामा संगठन निर्माण भइरहेको बताएका छन्। सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

उनले चुनाव अघि माओवादी लगायत कुनै पनि पार्टीसँग पार्टी एकता नहुने बताए। भने, माओवादीसँग एकता हुन थाल्यो भनेर कसैले ‘हार्टवीट’ बढाउन जरुरी छैन हामी चुनावअघि कसैसित पनि एकता गर्दैनौ, चुनावपछि छलफल गरौंला।

यो गठबन्धन कहिलेसम्म रहन्छ भन्ने पत्रकारको प्रश्नमा उनले गठबन्धन कहिलेसम्म रहन्छ भन्ने ज्योतिषीलाई थाहा होला तर यो संसद रहँदासम्म गठबन्धन रहन्छौ। उनले आगामी चुनावमा पनि एक्लै जित्ने ठाउँमा एक्लै लड्ने नजित्ने ठाउँमा सम्मानजनक ढंगले तालमेल गर्ने पनि बताए।

प्रदेश खारेज गर्नुपर्ने माग उठेको छ नि भन्ने अर्को प्रश्नमा अध्यक्ष नेपालले त्यो माग कतै उठेको छैन, जनतालाई खुसी बनाउने खालका काम गर्दै जानुपर्छ तर धनगढीको जस्तो धुलाम्मे सडक कतै पनि भन्दै व्यंग्य पनि गरे। उनले नेपाल श्रीलंका जस्तो नहुने बताउदै रुस‐युक्रेन युद्धका कारण विश्वभर नै आर्थिक अवस्था कमजोर भएको बताए।