चिनियाँ कम्युनिष्ट नेता लिउ र अध्यक्ष ओलीबीच भेटवार्ता


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार २८ २०७९
2K
SHARES

२८ असार काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसित चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओले भेटवार्ता गरेका छन् ।

नेपालको चारदिने भ्रमणमा रहेका लिउ ओलीलाई भेट्न मंगलबार बिहान उनको निवास बालकोट पुगेका हुन् । यसअघि, उनले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत व्यक्तिसँग भेटवार्ता गरिसकेका छन् । उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका छ । लिउ नेतृत्वको चिनियाँ टोली गएको आइतबार काठमाडौं आएको थियो ।