बर्दियामा ६ वर्षीया बालिका ‘बलात्कृत’, एक पक्राउ


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन १ २०७९
3.6K
SHARES

१ साउन काठमाडौं । बर्दियामा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मधुवन नगरपालिका–६ बस्ने २६ वर्षीय मानबहादुर रजाली छन् ।

सोही ठाउँस्थित गोठको पछाडि लगेर रजालीले ती बालिकालाई बलात्कार गरेको सूचनापछि इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।