आज छानबिन समितिले जनार्दन शर्मालाई साेधपुछ गर्न


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन ४ २०७९
2.6K
SHARES

४ असार काठमाडाैँ । संसदीय छानबिन समितिले आज पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर सोधपुछ गर्ने कार्यक्रम छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको आजको बैठकमा शर्मासंग सोधपुछ गर्न लागेको हो।

हिजाे बसेकाे बैठकले अर्थ मन्त्रालयको जेठ १३ र १४ गतेको डिलिट भएको सिसिटिभी फुटेज रिकभर गर्नको लागि नेपाल प्रहरीअन्तर्गतको फरेन्सिक ल्याबमा पठाउने निर्णय गरेकाे थियाे।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले डिलिट भएको सिसिटिभी फुटेज रिकभर सम्भावना र उपायका विषयमा नेपाल प्रहरी अन्तर्गतको साइबर ब्यूरोका विज्ञ र इन्जिनियरिङ अध्ययन संस्थानमा कार्यरत विज्ञसँग सुझाव लिएको हो।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ।