फेरि अर्को फुटका लागि एकता अभियान – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन ४ २०७९
3.7K
SHARES

४ साउन काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फेरि अर्को फुटका लागि एकता अभियान सुरु गरिएको टिप्पणी गरेका छन् ।

बुधबार वाग्मती प्रदेशको भेलामा उनले तत्कालीन नेकपामा रहेका बहुमत सचिवालय सदस्यहरूको मंगलबार सिंहदरबारमा भएको छलफलप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।

उनले जुट्नका लागि नभएर फुट्नकै लागि अभियान चलाइएको जिकिर गरे । “एउटा एउटा कहानी सुरु हुन्छ । आज सञ्चारमाध्यममा सुुन्नुभो होला एकताको अभियान,” उनले भने, “फेरि अर्को फुट चाहिएको छ नि ! अर्को फुटका लागि फेरि एकता अभियान सुरु भो । जुट्नका लागि होइन, फुटका लागि ।” सरकारमा रहेका कम्युनिस्ट घटकहरूबीच एकताको प्रयास भइरहेको छ ।