सांसदहरूलाई मास्क लगाउन सभामुखको आग्रह
Capital Headline
प्रकाशित मिति :
मंगलबार, साउन १० २०७९
2.9K
SHARES
१० साउन काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई मास्क लगाउन आग्रह गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख सापकोटाले कोभिड सङ्क्रमण दर बढ्दै गएकोले संसद् बैठकमा उपस्थित हुँदा सतर्क रहन आग्रह गरेका छन् ।
उनले भने–‘कोभिड सङ्क्रमण दर बढ्दै गएको माननीय सदस्यहरूलाई विदितै छ । संसद्को बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क लगाउन आग्रह गर्दछु ।’ मास्क नलगाई बैठक सञ्चालन गरिरहेका सापकोटाले सो आग्रहपछि मास्क लगाएर बैठक अघि बढाएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट