शपथसम्बन्धी विधेयकमाथि राष्ट्रियसभामा छलफल हुँदै
१२ साउन काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
आजको बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको शपथसम्बन्धी विधेयक, २०७८ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
नेपाल इन्जिनियरिङ परिषद (पहिलो संशोधन) विधेयक, २०७६ माथि प्रतिनिधिसभाबाट भएको संशोधन, ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधनउपर विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
