कञ्चनपुरमा चितुवाको छालासहित दुईजना पक्राउ
१२ साउन काठमाडौं । कञ्चनपुरमा चितुवाको छालासहित दुईजना पक्राउ परेका छन् । कृष्णपुर नगरपालिका–३, देखतभुलीबाट उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा डडेलधुराको अमरगढी नगरपालिका–३, काडे घर भएकी ४० वर्षीया मालती मल्ल (सेठ्ठी) र अमरगढी–२, जोसिना घर भएका २९ वर्षीय मोहन सार्की रहेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको संयुक्त टोलीले देखतभुलीस्थित धानबारीमा उनीहरूले छाला लुकाइछिपाइ राखेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाइएको छ ।