७ जना पक्राउ : विप्लव निकट अखिल (क्रान्तिकारी)ले अमेरिकी मन्त्री लुलाई देखाए कालो झण्डा
१२ साउन काठमाडौं । विप्लव नेतृत्वको नेकपा अखिल (क्रान्तिकारी) ले अमेरिकी सहायक विदेशी मन्त्री डोनाल्ड लुलाई कालो झण्डा देखाएको छ।
दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका लुको टोलीलाई विप्लब कार्यकर्ताहरुले गौशालामा कालो झन्डा देखाएका थिए। मन्त्री लु गौशाला हुँदै होटल जाने क्रममा कालो झन्डा देखाएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। एमसीसी, एसपीपी खारेजीको माग राख्दै उनीहरुले कालो झण्डा देखाएका हुन्।
पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही, महासचिव ललित विक, सचिवालय सदस्य तारा सन्जेल, केन्द्रीय सदस्य प्रेम सिजापति, ललित बम र रमेश रावत, भक्तपुर संयोजक अशोक महतरा रहेको सचिवालय सदस्य सुवास जोशीले जानकारी दिए। अहिले हामी गौशाला प्रहरी वृत्तको नियन्त्रणमा छौं,’ महासचिव ललित विकले भने।