संगठन विस्तारमा तीव्रता दिदै अखिल (क्रान्तिकारी)
१३ साउन काठमाडौ । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले आफ्नो संगठन विस्तारको कामलाई तीव्रता दिएको छ । अखिल (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले उपत्यका का सबै जिल्लाको संयोजक /इन्चार्ज को जिम्मेवारी बाँडफाँड गरेको छ ।

संगठन सुदृढीकरण अभियान अन्तर्गत सबै जिल्लामा रहेको पालिका र इकाई मा “वास्तविक विद्यार्थी अखिल (क्रान्तिकारी) अभियान सञ्चालन गर्ने निर्णय २०७९/०३/२९ गते प्रमुख अतिथि केन्द्रीय संयोजक पवन कार्की, अन्य अतिथि संगठनको प्रवक्ता, विभागिय प्रमुखहरू लगाएत केन्द्रीय नेताहरुको आतिथ्यतामा सम्पन्न भरेको छ र सोही अनुसार उपत्यका विशेष प्रदेश अन्तर्गत जिल्लाहरूमा इन्चार्ज / संयोजकहरूलाई जिम्मेवारी समेत दिएको छ ।
ललितपुर – गोविन्द भट्ट, काठमाडौं -निरोज श्रेष्ठ, भक्तपुर- आषिश पन्त, त्रि. वि- धीरेन्द्र कुँवर, क्याम्पस – नवीन देवकोटा, प्राविधिक -अमृत अधिकारी, विदेशी विश्वविद्यालय – मुकेश खड्का
केन्द्रीय समितिको बैठकबाट महत्पूर्ण निर्णयहरु समेत गरेका छन् :-
शैक्षिक शुल्क, छात्रवृत्ति र सार्वजनिक शिक्षा सुधारका लागि सरोकार वाला पक्ष सँग अन्तरक्रिया, छलफल र शैक्षिक संस्थाहरूको अनुगमन गरि विद्यार्थी हक अधिकारका लागि संघर्ष गर्ने साथै मिति २०७९ साउन २८ र २९ गते “4th revolutionary cup open futsal tournament” उपत्यका विशेष प्रदेश समितिले गर्ने निर्णय भएको उपत्यका विशेष प्रदेश समिति संयोजक संजिव कार्कीले बताए ।
