यस कारण माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगन


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन १५ २०७९
2.5K
SHARES

१५ साउन काठमाडौं । आज (आइतबार) बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगन गरिएको छ। दिउँसो ३ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर राेकिएको हो। माओवादी केन्द्र स्थायी कमिटी सदस्य लीलामणि पोखरेलका अनुसार अर्को बैठकको मितिबारे जानकारी गराइएको छैन।

पेरिसडाँडामा आह्वान गरिएको बैठकमा पदाधिकारी चयन र जनार्दन शर्मालाई पुनः अर्थमन्त्री बनाउने निर्णयको औपचारिक जानकारी गराउने बताइएको थियो अर्थमा शर्मालाई फिर्ता पठाउने निर्णय भइसकेको छ। उनलाई आजै साँझ राष्ट्रपति विद्यादेवी भण्डारी शपथ खुवाउनेछिन्।