एमालेका ३३ वटै विभाग प्रमुखहरुको बैठक च्यासलमा


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन १५ २०७९
2.7K
SHARES

१५ साउन काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ३३  वटै विभाग प्रमुख र पदाधिकारीहरुको बैठक केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ।एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक बसेको हो।रिजालका अनुसार बैठकमा ३३ वटै विभाग सहभागी छन्।

यो बैठकमा विभागीय कामको रिपोर्टिङ र विभागका वार्षिक कार्ययोजना प्रस्तुति भइरहेको रिजालले बता एमालेले सोमबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गर्दैछ। महंगी र भ्रष्टाचारविरुद्ध भनिएको उक्त प्रदर्शन वसन्तपुरबाट सुरु हुने भएको छ।