एमालले महँगीविरुद्ध विशाल प्रदर्शन गर्दै


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन १६ २०७९
3.6K
SHARES

१६ साउन काठमाडौं। नेकपा एमालेले काठमाडौंमा महँगीविरुद्ध आज (सोमबार) विशाल प्रदर्शन गर्ने भएको छ। सोमबार दिउँसो २ बजे काठमाडौंको वसन्तपुरमा महँगीविरुद्ध प्रदर्शन र सभा आयोजना हुने भएको छ। सभाअघि विभिन्न स्थानबाट जुलुस निकाली वसन्तपुर पुग्ने भएको छ।

महँगीका कारण नागरिकको जीवन कष्टकर बनेको र सरकारले त्यसलाई नियन्त्रण गर्न कुनै कदम नचालेको भन्दै प्रदर्शन गर्न लागिएको एमालेले जनाएको छ।

सोही जुलुसमा काठमाडौं उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू र सम्पर्क मञ्चहरूलगायत सहभागी हुने एमालेले जनाएको छ।