निर्मलाकी आमासँग रविले भने : अपराधीलाई सजाय दिलाउँछु


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन १६ २०७९
2.8K
SHARES

१६ साउन काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले निर्मला पन्तकी आमा दुर्गादेवीलाई भेट गरी न्याय दिलाउने प्रतिवद्धता जनाएका छन्। दुर्गादेवी पन्तसँगको फोटो सामाजिक सञ्जालमा राखेर उनले अपराधीलाई सजाय नदिलाई आराम  नगर्ने बताएका छन्। उनले यसैपालि नेतृत्वमा पुगेर अपराधीलाई सजाय दिने अठोट गरेका छन्।

‘चिन्ता नगर्नुहोस्, मैले बाटो फेरेको मात्र हुँ, वाचा फेरेको छैन’ उनले लेखेका छन्, ‘आफू जीवित हुन्जेल निर्मलाले न्याय पाउने आशलाई अन्त्य हुन दिने छैन। यसैपालि नेतृत्व गरेर, अपराधीलाई सजाय नदिलाई आराम गरेर बस्ने छैन।’ कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो।  उनको हत्या भएको चार वर्ष बितिसक्दासमेत अपराधी पत्ता लाग्न सकेको छैन।