चुनावी सिट बाँडफाँटका लागि बनाइएको कार्यदलमा को–को छन् ? (सूचीसहित)


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन २० २०७९
2.1K
SHARES

२० साउन  काठमाडौं । सत्ता गठबन्धनमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको छ । त्यस्तै भदौ पहिलो साता सिटबाँडफाँटको समेत टुंगो लगाउने निर्णय भएको छ ।

सिट बाँडफाँटको गृहकार्य गर्न कार्यदलसमेत बनेको छ । कार्यदलमा नेपाली कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् ।

नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन छन् । नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल रहेका छन् ।

जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेको एक नेताले जानकारी दिए ।