प्रचण्डद्वारा हिरोसिमा संग्राहलयको अवलोकन


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन २२ २०७९
2.1K
SHARES

२२  साउन काठमाडौं। जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिरोशिमा संग्राहलयको अवलोकन गरेका छन्। प्रचण्डसहितको टोली आज बिहानै आणविक बम खसेको हिरोसिमा शहरस्थित सङ्ग्रहालयको अवलोकन गरेको उनको सचिवालयले जनाएको छ।

नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान पुगेका प्रचण्डले हिजो जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिभलको उद्घाटन गरेका थिए। जापान भ्रमण पुरा गरेर प्रचण्ड साउन २५ गते स्वदेश फिर्ता हुनेछन्।