आज प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्तावमाथि संसद्मा छलफल हुँदै
२२ साउन काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोगबारे छलफल हुने भएको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा जबराको महाभियोगबारे छलफल हुने उल्लेख छ ।
“०७८ फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङ्गले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम प्रस्तुत गर्नुभएको प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने छ,” सम्भावित कार्यसूचीमा उल्लेख छ । प्रतिनिधिसभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ ।