जबराविरुद्धको महाअभियोग प्रस्ताव समितिमा पठाइयो


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन २२ २०७९
1.8K
SHARES

२२  साउन काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव समितिमा पठाइएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकले जबरामाथिको महाअभियोग प्रस्ताव अध्ययनका लागि महाअभियोग सिफारिस समितिमा पठाएको हो ।

अब महाअभियोगबारे ११ सदस्यीय सिफारिस समितिले अध्ययन गर्नेछ । समितिले अध्ययन गरेर आवश्यक सुझाव प्रतिनिधिसभासमक्ष पेस गर्नेछ ।