जबराविरुद्ध महाभियोग : टुंग्याउन कि तुहाउन ?


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन २३ २०७९
2.6K
SHARES

२३ साउन काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग साढे पाँच महिनामा बल्ल अगाडि बढाइएपछि धेरैखाले प्रश्न उब्जिएका छन्। मूल प्रश्न छः यो टुंग्याउन हो कि तुहाउन ?

सत्तारुढ दलका सांसदहरूले २१ वटा आरोप लगाउँदै महाभियोग दर्ता गरेका थिए। यसमा राजनीतिक दलहरूबीच मतऐक्य छैन। स्वयं सत्तारूढ सांसदहरूबीच फरक–फरक विचार छ। एमाले कानुन विभागका प्रमुख वरिष्ठ अधिवक्ता रमेश बडालले प्रधानन्यायाधीश जबरामाथिको महाभियोगमा दुवै पक्षका कुरा सुनेर निर्णय लिइने बताए।

‘महाभियोग प्रस्तावक र प्रधानन्यायाधीश जबरा दुवै पक्षको कुरा सुन्नुपर्छ। दोषी रहेको प्रमाणित भए कारबाही गर्ने पक्षमा जानुपर्छ। अभियोग ठीक रहेनछ भने स–सम्मान फिर्ता हुनुपर्छ,’ पूर्वमहान्याधिवक्ता बडालले अन्नपूर्णसँग भने, ‘महाभियोग पास वा फेल गर्नुपर्छ भन्ने होइन। बदमासी गरेको भए महाभियोगको पक्षमा उभिनुपर्छ।’