यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन २४ २०७९
2.1K
SHARES

२४ साउन रौतहट । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले भ्रष्टाचारीलाई बढावा दिन थालेको आरोप लगाएका छन् । ‘गठबन्धन सरकार विकास विरोधी हुन थालेको छ । यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ,’ उनले भने, ‘देशलाई निकास दिने भनेको एमाले नै हो ।

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर देखाउँछ ।’
एमाले रौतहटले सदरमुकाम गौरमा सोमबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ओलीले गठबन्धन सरकार विकासविरोधी भएको र भ्रष्टाचारीलाई बढावा दिन थालेको आरोप लगाएका हुन् । उनले आफू प्रधानमन्त्री भएको बेला रौतहटको विकासको लागि छनोट गरिएका धेरै योजना गठबन्धन सरकारले हटाएको आरोप लगाए ।