निर्वाचनका लागि एमालेद्वारा दल दर्ता
२४ साउन काठमाडौं । आउँदो मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म १० दल दर्ता भएका छन्। निर्वाचन आयोगका अनुसार मंगलबार अपराह्न १२ बजेसम्म १० दल दर्ता भएका हुन्।
आज दशौँ नम्बरमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) लाई आयोगमा दर्ता गराइएको छ। यसअघि, पहिलो दलका रूपमा जनमत पार्टी दर्ता भएको थियो।
यस्तै हालसम्म मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल, जनता प्रगतिशील पार्टी नेपाल दर्ता भएका छन्। राष्ट्रिय विकास पार्टी, नेकपा माओवादी समाजवादी र राष्ट्रिय नागरिक पार्टी दर्ता पनि भएका छन्। हरेक निर्वाचनअघि दल दर्ता गराउनुपर्ने प्रावधान छ।