प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगे बाबुराम


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन २४ २०७९
2K
SHARES

२४ साउन काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई बालुवाटार पुगेका छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री भेट्न उनी बालुवाटार पुगेको उनको सचिवालयले जानकारी दिएको छ ।

अहिले प्रधानमन्त्री देउवा र डा. भट्टराईबीच कुराकानी भइरहेको छ । जसपाबाट अलग भएर नयाँ दलमा सहभागी भएपछि चुनावी रणनीतिमा छलफल गर्न उनी बालुवाटार पुगेको बुझिएको छ । सत्ता गठबन्धनले चुनावी सिट बाँडफाँटका लागि छलफल गर्न समिति बनाइसकेको छ । गठबन्धनले डा. भट्टराईको पार्टीलाई पनि गठबन्धनमा सहभागी गराएर चुनावमा सहयोग गर्ने बताइसकेको छ ।