प्रचण्डले राष्ट्रपतिलाई धम्की दिए – नेता रावल
२५ साउन काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले नागरिकता विधेयकलाई लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिलाई धम्की दिएको आरोप लगाएका छन् ।
मंगलबार जापानमा आयोजित एक कार्यक्रममा प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता गरे राम्रो नहुने बताएका थिए ।
एमाले सांसदसमेत रहेका रावलले नेपाल नआएका जापानी पूर्व प्रधानमन्त्री सिन्जोआबेसँग नेपालमा पटक–पटक कुरा गरेको भन्नु अमर्यादित र आपत्तिजनक रहेको बताएका छन् । साथै जापानका एक पूर्वमन्त्रीसँग भेटवार्ता गरेर दुई देशकाे सम्बन्ध उचाइँमा पुग्ने भन्नु ‘फगत गफ’ उनको टिप्पणी छ ।