निर्वाचनमा सिट बाँडफाँड : कार्यदलको बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन २६ २०७९
1.8K
SHARES

२६ साउन  काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँड गर्न सहयोगका लागि सत्ता गठबन्धन कार्यदलको बैठक आज बस्दै छ । सत्ता गठबन्धनमा सिट बाँडफाँडको मोडालिटीबारे आ–आफ्नो पार्टीमा छलफल गरेपछि आज कार्यदलको बैठक बस्न लागेको हो ।

कार्यदल संयोजक कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्त्वमा बैठक बस्नेछ । यसअघि, सोमबार कुन मोडालिटीमा सिट बाँडफाँड गर्ने भन्ने विषयमा प्रारम्भिक छलफल भएको थियो ।

कार्यदलमा नेपाली कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् । नेकपा (माओवादी केन्द्र)बाट देवप्रसाद गुरुङ र वर्षमान पुन छन् । नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल छन् । जनता समाजवादी पार्टी (जसपा)बाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।