ओली र लिङ्देनबीच चुनावी तालमेलबारे छलफल


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन २८ २०७९
2.5K
SHARES

२८ साउन काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच आगामी निर्वाचनमा तालमेल गरेर जाने विषयमा छलफल भएको छ ।

ओली निवास बालकोटमा शुक्रबार बेलुका भएको भेटवार्ता आगामी मंसिर ४ गते हुने निर्वाचनमा कसरी तालमेल गर्ने भन्ने विषयमा केन्द्रित रहेको थियो ।

२०७४ मा पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित वामगठबन्धनले लिङ्देनलाई समर्थन गर्दा उनले कांग्रेस नेता कृष्ण सिटौलालाई पराजित गरेका थिए ।